काठमाडौं । नेपाली ब्रान्ड अल्टिमा लाइफ स्टाइलले आधुनिक विशेषताले सजिएका दुई वटा नयाँ स्मार्ट वाच बजारमा ल्याएको छ । आज(बुधबार) सार्वजनिक भएकोे स्मार्ट वाचका मोडलहरु ‘अल्टिमा वाच सर्कल’ र ‘अल्टिमा वाच म्याजिक प्रो’ रहेका छन् ।
कम्पनीका अनुसार अल्टिमा वाच सर्कल त्रु अमोलेद स्मार्ट वाच हो भने अल्टिमा वाच म्याजिक प्रो एक किफायती आधुनिक विशेषतायुक्त स्मार्ट वाच हो । उपोभोक्ताहरुले सिमित अवधिको लागि अल्टिमा वाच सर्कल तीन हजार नौ सय ९९ रुपैयाँमा खरिद गर्न सक्ने छन्, जसको बजार मूल्य पाँच हजार नौ सय ९९ रहेको छ ।
त्यस्तै, ‘अल्टिमा वाच म्याजिक प्रो’ पनि उपोभोक्ताहरुले सीमित अवधिको लागि दुई हजार नौ सय ९९ मा खरिद गर्न सक्ने छन्, जसको बजार मूल्य पाँच हजार नौ सय ९९ रुपैयाँ रहेको छ । यि वाचहरुमा ब्लूतुथ कलिङको साथ सहजै कल गर्न र जवाफ दिन तथा कललाई नउठाउन पनि सकिनेछ । एक वर्षको ब्रान्ड वारेन्टी भएको सार्वजनिक स्मार्टवाचले फेसनशैली र फिटनेसलाई प्रोत्साहन गर्ने कम्पनीले जनाएको छ ।