काठमाडौँ, हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेकाले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू(भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू(भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नुका साथै बाँकी पहाडी र तराईका भू–भागमा मौसम सफा रहेको जनाइएको छ ।
आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा आंशिक बादल लाग्ने र बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू(भागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी क्षेत्रका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको विभागले मौसम पूर्वानुमान बुलेटिनमा जनाएको छ ।
आज राति कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडीका साथै बाँकी हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी क्षेत्रमा मौसम सफा रहने जनाइएको छ । साथै कोशी प्रदेशका हिमाली भू(भागका एक(दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ । तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सुरकुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रासस