कुनै बखत उद्योग विभागको एउटा शाखाको रुपमा रहेको कम्पनी रजिष्ट्रेशन शाखा हाल एक विभागको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयको रुपमा ठिङ्ग उभिएको छ( उद्योग परिसर, त्रिपुरेश्वरमा। पान पसल पनि कम्पनी रजिष्ट्रारको कार्यालयमा कम्पनीको रुपमा दर्ता गराइदिन खोज्ने दलालहरु गेटदेखि नै तैनाथ देखिन्छन्।
साना आकारका ब्यवसायलाई घरेलु वा वाणिज्यमा दर्ता गराउनुपर्छ भनेर ती दलालले भनिदिँदैनन् सोझा सिधा नागरिकहरुलाई। सानाखाले ब्यवसाय- पान पसल, चिया पसल, मःमः पसल समेत दाम्पानी रजिष्ट्रारको कार्यालयमा भएर शेयरधनी तथा सञ्चालकहरु वार्षिक आर्थिक ब्ययभारको भुंग्रोमा फस्नेगरेका छन्। वेलावेलामा अख्तियारले तारो हान्ने सो कार्यालयका अहिलेसम्म आधादर्जन कर्मचारीको जागिर धरापमा परिसकेको छ। घुसखोरी चल्ने सो कार्यालयलाई ब्यंग्यात्मक रुपमा दामपानी रजिष्ट्रारकोकार्यालय भनिने गरिन्छ।