यदि तपाइँ आफ्नो कुनै पुस्तक खरिद गरिदिनको लागि कुनै निकायमा जानुभयो भने हाकिमले गोजीबाट ब्यहोर्ने जसरी खरिद गर्न मान्दैनन्। जब कि हरेक निकायमा पुस्तक खरिदका लागि बजेट ब्यवस्था गरिएको हुन्छ। हाकिमले अध्यारो अनुहार लगाए भने ती हाकिमको मनस्थिति ठीक छैन भन्ने बुझ्नुपर्छ।
तोक लगाइहाले भने पनि जिन्सी शाखा र लेखापालले केही कमिशन आउँछ कि भनेर आश गर्छन्। लेखापालहरु पनि यस्ता हुन्छन् कि कसैले कर चुक्ताको प्रमाण खोज्छन्, कसैले खाता नम्बर माग्छन्, कसैले नगदै पनि दिन्छन्, कसैले प्रेसको बिल माग्छन्, कोही कोही लेखापाल त झन कुर्सीमै बसेको देखिदैनन्। सायद उनी कतै चर्न गएका हुनसक्छन्। ठेकेदार, सप्लायर, कन्सल्टेन्ट्सबाट पाइने छ्याकन लिन वा क्याफेतिर पिज्जा र मोमो खान गएका हुनसक्छन्।