न्युयोर्क । स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रियका सल्लाहकार तथा स्याङ्जा समाज सहयोग समाज कतारका संस्थापक, सफल व्यवसायी, समाजसेवी तथा एनआरएन अभियन्ता माया केसीलाई स्याङ्जा समाज अमेरिकाले न्युयोर्कमा भव्य सम्मान गरेको छ । युएनएमा आइएमओ इन्टरनेसनलको कार्यक्रममा आउनुभएकी उहाँलाई न्युयोर्कको ज्याक्सन हाइटस्थित नेपाली भान्साघरमा भव्य कार्यक्रमको आयोजना गरी सम्मान गरिएको हो । कार्यव्रmममा केसीलाई विभिन्न सामाजिक अभियन्ताहरु र स्याङ्जा समाज अमेरिकाका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो । उहाँलाई स्वागत गर्नेहरुमा स्याङ्जा सहयोग अन्तर्राष्ट्रिय समाजका अध्यक्ष वीरेन्द्रजंग केसी, स्याङ्जा समाज अमेरिकाका प्रमुख सल्लाहकार विमला श्रेष्ठ हमाल, महिला उपाध्यक्ष अम्बिका केसी,उपाध्यक्ष प्रदीप खड्का, महासचिव शोभाकान्त पाण्डे, सल्लाहकार शिव केसी, युवा संयोजक सोनाम गुरुङ, आजीवन सदस्य सन्त रिसाललगायत विभिन्न व्यक्ति हुनुहुन्थ्यो । अतिथि माया केसीले स्वागत र सत्कारका लागि धन्यवाद दिँदै स्याङ्जा समाज अमेरिकाले गर्दै आएको काम र प्रगतिको प्रशंसा गर्नुभयो । उहाँले आगामी दिनमा समाजले अझै प्रगति गर्ने आशा व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन महासचिव शोभाकान्त पाण्डेले गर्नुभएको थियो ।