काठमाडौंँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन भ्रमण गरेका छन्। क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै रङ्गशालाको अत्याधुनिक संरचनाको अवलोकन गराएका थिए।
रियल मेड्रिडको प्रशंसक रहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सुविधासम्पन्न रङ्गशाला हेरेर प्रसन्नता व्यक्त गरेका थिए । क्लबका निर्देशक मिगेलले प्रधानमन्त्रीलाई रियल मेड्रिडको आधिकारिक जर्सी उपहार दिँदै नेपाली विद्यार्थीलाई क्लबको तालिम र भर्नामा सहभागी हुन प्रोत्साहन गरे
संयुक्त राष्ट्रसंघको सम्मेलनपछि मेड्रिडमा रहेका प्रधानमन्त्री ओलीसँगै मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र सचिव अमृतबहादुर राई, र स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल पनि उपस्थित थिए ।

[caption id="attachment_186251" align="alignnone" width="2560"]
प्रधानमन्त्रीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन[/caption]
[caption id="attachment_186252" align="alignnone" width="2560"]
प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको आज अवलोकन गदै । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले अत्याधुनिक रङ्गशालाको भ्रमणगराएका थिए । । तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस[/caption]