न्युयोर्क। नेपाली कांग्रेसवाट गण्डकी प्रदेश सभामा मनोनीत सांसद सुनीता थापालाई गिरीजाप्रसाद कोईराला फाउन्डेशन अमेरीकाको कार्यालय, न्युयोर्कमा अध्यक्ष सोमनाथ घिमीरेले खादालगाई स्वागत गर्नुभयो।
सो अवसरमा फाउण्डेशनका उपाध्यक्ष्य सुवर्ण लामा, प्रवक्ता एवं कार्यसमिति सदस्य रामचन्द्र अधिकारी,कार्यसमिति सदस्यद्वय सुर्य सिंखडा र ध्रुव कुँवर क्षेत्री,मगर संघका सल्लाहाकार कुलदीप राना मगर लगायत उपस्थित हुनुहन्थ्यो।
सो अवसरमा बोल्दै माननीय सुनीता थापाले आफु नेपाली कांग्रेस पार्टीबाट अपांग र महिलाको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशसभामा सांसदको हैसीयतले आवाज बुलन्द गरीरहेको बताउनुभयो।
गिरीजाप्रसाद कोईराला फाउन्डेशन र यस्को समाजसेवावारे आफुले धेरैकुरा थाहापाएको र अमेरीका आएर प्रत्यक्ष्य देखेको बताउँदै प्रवासवाट नेपालीलगायत आप्रवासी र स्थानीय जोकोहीलाई सहयोग र सेवा गरेकोमा प्रसंसा गर्नुभयो।
सो अवसरमा बोल्दै फाउन्डेशनका अध्यक्ष सोमनाथ घिमीरेले फाउन्डेशनले स्थापनाकालदेखी विनाभेदभाव जोकोहीलाई सहयोग गरीरहेको,विद्यार्थीहरुलाई खाद्यान्न लगायत अत्यावश्यक सामग्री वितरण गरेको र कोरोनाकहरमा स्वयंसेवीको ठुलो जमातसहीत स्वास्थ्यक्षेत्रमा अहोरात्र खटेको र न्युयोर्क राज्य र महानगरपालीकाले सम्मान गरेको बताउनुभयो।
फाउन्डेशनका उपाध्यक्ष्य सुवर्ण लामाले गिरीजावावुको आदर्श र सहमतीको पथबाटै नेपालमा शान्ती स्थापना भएको र प्रवासबाट पनी आफुहरुले यथासक्य नेपाल र नेपालीको हकहितमा काम गरीरहेको बताउनुभयो।
प्रवक्ता रामचन्द्र अधिकारीले माननीय थापाको आँट र साहसले आम युवाहरुमा नयाँ जोश र जागरण ल्याएको बताउँदै वहाँको उच्च प्रगतीको कामना गर्नुभयो। केन्द्रीय सदस्य सुर्य सिंखडाले माननीय थापा आगामी दिनहरुमा पार्टी र समस्त युवाहरुको प्रेरणाको स्रोत वनेको बताउनुभयो ।यसैगरी अर्का सदस्य ध्रुव कुँवर क्षेत्रीले महीला असहाय र अपांग सबैको प्रिय युवा नेतृको रुपमा उदाएको बताउँदै वहाँको उज्वल राजनैतिक भविष्यको कामना गर्नुभयो। मगर संघ अमेरीकाका सल्लाहाकार कुलदीप राना मगरले यस फाउन्डेशनको अगुवाईमा हामी सबै नेपाली एक भएर कोरोना कहरका बेला धेरै सामाजिक कार्यहरु गरेको अवगत गराउॅंनु भयो।