काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै प्रधानन्त्री केपी शर्मा ओलीले बहुविवाहलाई मान्यता नदिइने स्पष्ट गरेका छन् । उनले सरकारको कानुन ल्याउन लागिएको भन्ने हल्लामा सत्यता नभएको स्पष्ट गर्दै लोकतन्त्रका लागि लडेर आएका आफूहरुले यस प्रकारको कानुनको कल्पना पनि गर्न नसक्ने बताए ।