न्युयोर्क । स्याङ्जा समाज अमेरिकाको चौथो महाधिवेशन न्युयोर्कको भान्साघरमा सम्पन्न भएको छ । महाधिवेशनले पुरानो नेतृत्वलाई विदा गरी नयाँ कार्य समिति गठन गरेको छ ।
अध्यक्ष दिनेश भण्डारीको अध्यक्षतामा सम्पन्न महाधिवेशनमा उपाध्यक्ष खड्ग गुरुङले स्वागत भाषण गरेका थिए । क्षेत्रीय संयोजक लक्ष्मण मल्लले सम्बोधन गरेको सो समारोहमा उपाध्यक्ष अम्बिका केसीले तिजको शुभकामना दिँदै सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा स्याङ्जा सहयोग समाज अमेरिकाका अन्तर्राष्ट्रिय अध्यक्ष बीरेन्द्रजंग केसीले पुराना कार्यसमितिका पदाधिकारीलाई विदा गर्दै नयाँ कार्यसमितिका पदाधिकारीहरुलाई खादा लगाइदिएर बधाई दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै केसीले स्याङ्जा समाजको विगत र आगामी कार्यक्रमलाई कसरी लैजाने भनेर निर्देशन दिनुका साथै समृद्ध स्याङ्जाका लागि अमेरिकाको अभियानको हाम्रो नारालाई कसरी सफल बनाउने भन्नेबारे चर्चा गरेको थिए ।
उक्त कार्यक्रमको सञ्चालन समाजका महासचिव शोभाकान्त पाण्डेले गरेका थिए । समाजका पूर्वअध्यक्ष एवं नेपाली भान्सा घरका सञ्चालक विमला हमाल श्रेष्ठलाई कार्यक्रम सफल बनाउन सहयोग गरेवापत विशेष धन्यवाद दिइएको थियो ।

नयाँ कार्यसमितिको अध्यक्षमा प्रदीप खड्का, बरिष्ठ उपाध्यक्षमा अमरविक्रम अधिकारी, उपाध्यक्षमा पं दीपक खनाल, महिला उपाध्यक्षमा पुष्पा अधिकारी, महासचिवमा शिवभक्त जंगबहादुर केसी, सचिवमा दीपेन्द्र खनाल, महिला सचिवमा दीपा सिञ्जाली मगर, कोषाध्यक्षमा सोनाम गुरुङ, सहकोषाध्यक्षमा हिमाल पुलामी मगर, युवा तथा खेलकुद संयोजकमा सन्तोष थापा, महिला युवा खेलकुद संयोजकमा उषा भट्ट खड्का, महिला युवा खेलकुद संयोजकमा प्रतिमा मल्ल, सांस्कृतिक संयोजकमा मधुर गिरी र संगीता थापामगर निर्वाचित भएका छन् । ।
त्यसैगरी सदस्यहरुमा धर्मराज खड्का, प्राचीन भुजेल, प्रदीप जिसी, प्रेम राना, ठाकुर सुवेदी, ओमप्रकाश न्यौपाने, लीलामणि खनाल र मिलन आले निर्वाचित हुनुभएको छ । बाँकी सदस्य पछि मनोनीत गरिने बताइएको छ ।