काठमाडौं । ५५ लाख ठगी आरोपमा फिल्म निर्माता तथा कलाकारका रूपमा परिचित मकवानपुरका ध्रुव न्यौपाने पक्राउ परेका छन् । ठगी आरोपमा पक्राउ परेका कलाकार न्यौपानेले झापामा रहेको जग्गा पास गरिदिने भन्दै २०८० भदौ १० गते ५५ लाख रुपैयाँ लिएर त्यसयता फरार भएपछि पीडितले प्रहरीमा उजुरी दर्ता गराएका थिए। रकम बुझेर फरार भएका न्यौपानेले प्रहरीमा उजुरी परेको थाहा पाएपछि भदौ ११ गतेको मिति राखेर सिद्धार्थ बैंकको पैसा नभएको चेक दिएका थिए। तर पिडितले चेक बाउन्स गराएर प्रहरीमा उजुरी दिएसंगै न्यौपानेलाई आइतवार जनता आवासबाट प्रहरीले पक्राउ गरेको हो । न्यौपानेले निमार्ता तथा निर्देशक छवि ओझा संग समेत ३० लाख ठगि गरेपछि ओझाले काठमडौं जिल्ला अदालत मार्फत रोक्का राखेको झापा मेचीनगर १ मा रहेको १० धुर जग्गा नै देखाएर अर्को व्यक्तिलाई समेत ठगी गरेसंगै उनका कर्तुतहरु सार्वजनिक हुन थालेको हो ।