काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड १४ लाख ६४ हजार चार सय ४० रुपैयाँ खुद मुनाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ४३ लाख ५३ हजार चार सय ५० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी सात करोड ८३ लाख ४३ हजार दुई सय ८० रुपैयाँ रहेको संस्थाले चालू आवको पहिलो त्रैमासमा एक अर्ब एक करोड १५ लाख ९८ हजार दुई सय रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ५४ करोड ७८ लाख छ हजार आठ सय ७० रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा तीन करोड ५७ लाख छ हजार पाँच सय ३० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम एक करोड दुई लाख ९६ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात १२ दशमलव ८३ प्रतिशत रहेको छ ।
गत आवको सोही अवधिमा भने संस्थाले ८८ करोड १५ लाख ९७ हजार चार सय ६० रुपैयाँ निक्षेप संकलन गरी एक अर्ब ४६ करोड ४५ लाख ८३ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा तीन करोड १३ लाख ४३ हजार एक सय ४० रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा प्रोभिजन रकम चार करोड पाँच लाख २१ हजार चार सय ७० रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात १४ दशमलव ४३ प्रतिशत रहेको थियो ।