दोलखा । कम्युनिस्टको किल्ला भनेर चिनिने दोलखामा राष्ट्रि स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जीत हासिल गरेको छ ।
(रास्वपा)का उम्मेदवार जगदिश खरेलले फराकिलो मतान्तरसहित जीत निकाल्न सफल भएका हुन् । खरेलले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पार्वत गुरुङलाई १४ हजार ९ सय २७ मतान्तरले पछि पारे । खरेलले ३२ हजार ३ सय ७६ मत ल्याउँदा गुरुङले १७ हजार ४ सय ४९ मत प्राप्त गरे । गुरुङ यसअघि पनि दोलखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार विशाल खड्काले १३ हजार ६५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका अजयबाबु शिवाकोटीले १२ हजार २ सय ९८ मत ल्याए ।
२०४८ सालपछि भएका आम निर्वाचनमा एकपटक बाहेक दोलखामा कम्युनिस्ट पार्टीले जीत निकाल्दै आएका थिए । २०५१ सालमा भएको मध्यवाधि निर्वाचनमा तत्कालिन दोलखा क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका भीम बहादुर तामाङले जीत हासिल गरेका थिए ।