मकवानपुर । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन भोलि चैत मंगलबार २४ गते अपराह्न ४ः०० बजे बस्ने भएको छ । गत भदौ १७ र १८ गते प्रदेशसभा बैठक बसेर मङ्सिर ६ गते अन्त्य भएको थियो ।

संवैधानिक प्रक्रिया पूरा गरेर बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेशसभाको बैठक बस्न आह्वान गरेको उनको सचिवालयका सूचना अधिकारी जगदीश रिजालले जानकारी दिए ।