दाङ, प्रहरीले अवैध रुपमा चोरी तस्करी गर्नलागेको १६ वटा सालको चिरान काठसहित पाँचवटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । प्रहरी टोलीलाई देखेपछि चालक मोटरसाइकल र काठ छाडेर फरार भएका थिए ।
राप्ती गाउँपालिका–४ सुन्दरपुरमा अवैध रूपमा काठ चोरी तस्करी भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले काठसहित मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी गराए ।
जिल्ला प्रहरी प्रमुख श्रेष्ठले बरामद गरिएको काठ तथा मोटरसाइकलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय लमही पठाइएको जानकारी दिएका छन् ।