काठमाडौं, पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बिचौलिया बनेर न्यायालय कब्जा गर्न अघि सारिएका पात्र इनम सापकोटाको बयानपछि आफ्ना पूर्वघोषणा र मान्यताहरूलाई उल्टाउँदै लाजघिन पचाएर शीर्षाशन गरेर अजात शत्रु मानिएका नेताहरूको निवासमा घरदैलो सेवा सुरु गरेका छन् ।
इनमको बयान प्रहरीले ‘लिक’ गरेपछि सर्वोच्च अदालतका प्रधानन्यायाधीशसहित सात न्यायाधीश, अदालतका प्रधानन्यायाधीशसहित सात न्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तसहित अर्का एक आयुक्त नेपाल प्रहरीका तत्कालीन आईजीपीसहित दुई एआईजी तथा दुई ठूला राजनीतिक दलका सभापतिसहित अन्य केही नेता तथा उत्त पदस्थ व्यक्तिहरूले बिचौलिया सापकोटासँग लेनदेन गरेको बयानपछि आफ्नै निर्वाचित सभापतिलाई अपदस्थ गरेर आफू सभापति भएको घोषणा गरेका गगन थापा पनि त्यो लेनदेनको बयानमा मुछिएपछि गत वर्ष भदौ २३–२४ को जेन्जी विद्रोहपछि अपदस्थ भएका प्रधानमन्त्री केपी ओलीसँगको पानी बाराबारका अवस्थाको अन्त्य गर्दै सहयोगको याचना गर्दै यही कात्तिक १७ गते ओलीलाई भेट्न गुण्डु पुगेका हुन् ।
ओलीसँगको भेटमा थापाले पूर्वमान्यताविपरीत सत्तासहकार्यको प्रस्ताव गरेको बुझिएको छ । प्रधानमन्त्री वालेन्द्र शाह आक्रामक रूपमा प्रस्तुत भएपछि रास्वपाका सभापति र रवि लामिछानेले समेत मुछिएको अवस्थामा रविसँग हातेमालो गर्न थापाले ओलीसमक्ष प्रस्ताव गरेका हुनसक्ने आकलन गरिएको छ तर ज–जसले हातेमालो गरे पनि अदालत कब्जा गर्न बिचौलिया सापकोटा प्रयोग गरिएको काण्डको लगाम प्रधानमन्त्री बालेनको हातमा पुगिसकेको अवस्थामा सामाजिक सञ्जालमा उत्तेजक स्टाटस लेखेर भड्काउपूर्ण अभिव्यक्ति सार्वजनिक गर्दैमा समस्या समाधान हुने देखिँदैन ।
अहिलेको अवस्था ‘जोगी देख्दा भैँसी डरा, भैँसी देख्दा जोगी डरा’ भनेजस्तै हो । इनमको बयानको भित्री कुरा बाहिर आएर कारबाहीको तहमा नगएसम्म अब नागरिकले चित्त बुझाउने अवस्था देखिँदैन ।
आईजीपी दानबहादुर कार्कीलाई हटाएर प्रधानमन्त्री बालेनको विशेष सल्लाहकार बनाउने सरकारको निर्णय इनमको बयानअनुसार कारबाही नगर्न चालिएको एउटा कदम हुन सक्दछ । किनकि दानबहादुरलाई हटाएर ल्याइएका आईजीपी डा. मनोज केसी कांग्रेस सभापति गगनका ससुराली खलकका नुवाकोेट हुन् र आरजू राणालाई पक्राउ गर्न नक्कली अडियो बनाउनेमध्येका एक प्रहरी हुन् भन्ने चर्चा पनि चलिरहेको छ । त्यहीकारण केसी आउनेबित्तिकै गगनले आफूलाई प्रहरीले पक्राउ गर्न लागेको झ्याली पिटाएका हुन् । यस प्रसङ्गमा आइतबार र बुधाबार पिटाएका छन् । यसप्रसँगमा आइतबार र बुधाबार दुई पटक आकस्मिक रूपमा सानेपामा गरिएको पत्रकार सम्मेलनले पनि गगनले पूर्वदुस्मन रवि र ओलीसँग सहकार्य गर्न लागेको प्रस्टैै संकेत गरेको छ ।