काठमाडौं, द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीले युवा विकास कार्यक्रम ‘द ड्युक अफ एडिनबग्र्स इन्टरनेसनल अवार्ड’ अन्तर्गत ब्रोन्ज अवार्ड प्राप्त गरेका छन् ।
कलेजका आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झाले उक्त अवार्ड प्राप्त गरेका हुन् । उनीहरूलाई द ड्युक अफ एडिनबग्र्स इन्टरनेशनल अवार्ड नेपालद्वारा आयोजित नेसनल अवार्ड सेरेमोनी २०२६मा औपचारिक रूपमा सम्मान गरिएको हो । कार्यक्रममा देशभरका ब्रोंज, सिल्भर तथा गोल्ड अवार्ड विजेताहरूलाई सम्मान गरिएको थियो । द ड्युक अफ एडिनबग्र्स इन्टरनेसनल अवार्ड विश्वव्यापी रूपमा मान्यता प्राप्त युवा विकास कार्यक्रम हो ।