काठमाडौं । नेसनल हाइड्रो पावर कम्पनीले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी एक अर्ब ६४ करोड ४२ लाख ९१ हजार नौ सय ४३ रुपैयाँमध्येबाट १०ः५ को अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ८२ करोड २१ लाख ४५ हजार नौ सय मूल्य बराबरको ८२ लाख २१ हजार चार सय ५९ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो ।
यही असार २९ गतेबाट खुल्ला हुने हकप्रद सेयरको बिक्री साउन १८ गतेसम्म कायम रहने बताइएको छ । यसका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । जारी पुँजी दुई अर्ब ६४ करोड ४२ लाख रहेको कम्पनीको चुक्ता पुँजी एक अर्ब ६४ करोड ४२ लाख रुपैयाँ रहेको छ । हकप्रद सेयरको बिक्रीपश्चात भने कम्पनीको चुक्ता पुँजी दुई अर्ब ४६ करोड ६४ लाख ३७ हजार नौ सय १५ रुपैयाँ पुग्ने छ ।