काठमाडौं,बैशाख १०
सर्वोच्च अदालतले सरकारसँग औषधि, पानी र खाद्यान्न सामग्रीको आपूर्ति व्यवस्थापन कसरी भइरहेको छ भन्ने विषयमा लिखित जवाफ माग गरेको छ । औषधि, पानी र खाद्यान्न सामग्रीको आपूर्तिमा सरकारले खासै चासो नदिएको गुनासो आइरहेको बेला सर्वोच्चले लिखित जवाफ माग गरेको हो ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मंगलबार लिखित जवाफ माग गरेको हो । अधिवक्ता शैलेन्द्रप्रसाद हरिजनलगायतले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा लकडाउनका बेलामा अतिआवश्यक सामग्री र जनताप्रति मानवीय व्यवहार गर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।
अदालतले यसअघिका अन्य आदेशका विषयमा यही वैशाख ११ गते महान्यायाधीवक्ता नै अदालतमा उपस्थित हुने भएकाले उक्त दिन छलफलका लागि दुवै पक्षलाई बोलाउने तय भएको छ ।