काठमाडौं । रिलायन्स फाईनान्स लिमिटेडका ग्राहकले स्वास्थ सेवामा छुट पाउने भएका छन् । छुटको लागि रिलायन्स फाइनान्स र एब्सुलुट एसथेटिकबीच सौन्दर्य तथा स्वास्थ सेवामा छुट दिनेबारे सम्झौता भएको हो ।
सम्झौता अन्तर्गत रिलायन्स फाइनान्स लिमिटेडका ग्राहक, सेयरधनी तथा कर्मचारीहरूले एब्सुलुट एसथेटिकले प्रदान गर्ने सौन्दर्य सेवा (छाला), दन्त सेवा तथा प्लास्टिक सर्जरी तथा अन्य स्वास्थ सेवामा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबार गर्ने इजाजत प्राप्त फाइनान्सले न्यूरोड, सीतापाइला, इमाडोल, नारायणघाट, टाँडी, पोखराको महेन्द्रपुल, लमजुङको बेसीसहर, बनेपा, आरुघाट, गोरखा बजार, झापाको चारआली, दमक, बिर्तामोड, धुलाबारी, रुपन्देहीको मणिग्राम, भैरहवा, बुटवल, धनगढी, अत्तरीया, महेन्द्रनगर र कोहलपुरमा शाखा छ ।
फाइनान्सले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीलाई मोबाइल बैंकिङमार्फत विभिन्न भुक्तानी सेवा, एससीटी नेटर्वक एटीएम, विभिन्न रेमिट्यान्स सेवा, सी आस्वा, आईपीएस, कनेक्ट आईपीएस, एबीबीएस, इलेक्ट्रोनिक चेक क्लियरिङ, मोबाइल बैंकिङ, एससीटीको अत्याधुनिक प्रविधिका सेवा प्रदान गर्दे आएको जनाएको छ ।