काठमाडौं । एसियन पेन्ट्स नेपालले लक्की डिलरलाई नेक्सन ईभी हस्तान्तरण गरेको छ । दुबईमा आयोजना गरेको आरोहण डिलर सेल्स प्रतियोगितामा कम्पनीले लक्की ड्र विजेता बनेको डिलरलाई नेक्सन ईभी हस्तान्तरण गरेको हो ।
लक्की ड्र मा महोत्तरीस्थित गौशालाका गुप्ता ट्रेडर्सले टाटा नेक्सन ईभी एक्सजेड प्लस गाडी जितेका थिए । एसियन पेन्ट्सका कन्ट्री डिरेक्टर जी. गोपालकृष्णनले डिलरको परिसरमा विजेता ट्रेडर्सलाई ईभी हस्तान्तरण गरेको कम्पनीले जनाएको छ । हस्तान्तरण कार्यक्रममा गोपालकृष्णनले कम्पनीको इक्स्क्लुसिभ रिटेलर स्टोर, गुप्ता ट्रेडर्सलाई ग्राण्ड लक्की ड्र पुरस्कार प्रदान गर्न पाउँदा खुसी लागेको बताए ।
यस्तै, आरोहण कार्यक्रममा सहयोग गर्ने सबै सहभागी डिलरहरूप्रति आभार व्यक्त गरे । अप्रत्याशित रूपमा गाडी जितेकोमा आफूहरूलाई आफ्नो काममा अझ धेरै हौसला मिलेको बताए । तीन महिनासम्म चलेको आरोहण डिलर सेल्स प्रतियोगितामा देशभरका एसियन पेन्ट्सका डिलरहरूको उत्साहजनक सहभागिता रहेको थियो ।