काठमाडौं । नेपालका लागि बजाज मोटरसाइकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलाशचन्द एन्ड कम्पनी प्रालि (गोल्छा ग्र्रुप)ले नयाँ पल्सर एनएस २०० र एनएस १६० सार्वजनिक गरेको छ । यी दुवै मोडलहरूले नेपाली राइडरहरूको बाइकिङ अनुभवलाई नयाँँ परिभाषा दिने दाबी कम्पनीको छ ।
गोल्छा ग्र्रुपका निर्देशक अभिमन्यु गोल्छाले यी दुई बाइकहरूले पनि सधैंँझैँ नेपाली राइडरहरूको विश्वास जित्ने अपेक्षा रहेको बताए । कम्पनीका अनुसार नयाँ पल्सर एनएस २०० यूएसडी (अपसाइड डाउन) मा १९९ दशमलव पाँच सीसीको लिक्विड कुड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको अत्याधुनिक बिएसभीआई इन्जिन रहेको छ । यस मोटरबाइकले ९७५० आरपीएममा २४ दशमलव पाँच पीएसको पावर आउटपुट र आठ हजार आरपीएममा १८ दशमलव ७४ एनएमको टर्क प्रदान गर्ने बताइएको छ ।
पल्सर एनएस २०० यूएसडीले आकर्षक र आक्रामक डिजाइनका साथमा नयाँ फिचर र कार्यक्षमतालाई एकसाथ ल्याएको कम्पनीले जनाएको छ ।
यस्तै, पल्सर एनएस १६० यूएसडी(अपसाइट डाउन) मा १६० दशमलव तीन सीसीको आयल कुल्ड तथा फ्युल इन्जेक्सन टेक्नोलोजीसहितको विएसभीआई इन्जिन रहेको छ । नौ हजार आरएमपीमा १७ पिएसको अधिकतम पावर र ७२५० आरएमपीमा १४ दशमलव छ एनएमको टर्क प्रदान गर्दै यो पावर हाउसले रोमाञ्चक गति प्रदान गर्दछ । आकर्षक डिजाइन र स्टाइलिस फिचर्सका साथ यो पल्सरले सबैको ध्यान आकर्षित गर्ने कम्पनीको दाबी छ ।
राम्रो नियन्त्रण र सुरक्षालाई मध्यनजर गर्दै डिजाइन गरिएका यी दुवै पल्सरमा अगाडि ३०० एमएमको डिस्क ब्रेक र पछाडिको २३० एमएमको डिस्क ब्रेक प्रदान गरिएको छ ।