काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु परिसरमा एक्सटेन्सन काउन्टर खोलेको छ । काउन्टरको बुधबार एक समारोहका बीच कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल र प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले रिबन काटेर उद्घाटन गरेका हुन् । शाखा कार्यालय तौलिहवामार्फत रहने सो एक्सटेन्सन काउन्टरबाट जिल्ला प्रशासन कार्यालयबाट लिइने राजस्व, धरौटी, सेवा शुल्क, दस्तुरलगायत अन्य ग्राहकहरूले समेत बैंकिङ सेवा लिन सकिने छ ।
उद्घाटनको अवसरमा शाखा कार्यालय तौलिहवाका शाखा प्रबन्धक अर्जुनराज काफ्लेलगायत कर्मचारीको उपस्थिति थियो । बैंकको हाल सातवटै प्रदेशअन्र्तगत ७७ जिल्लाका सबै सदरमुकामसहित दुई सय ७२ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, दुई सय ६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ, क्युआर कोड सेवा, पस (प्वाइन्ट अफ सेल) सेवा, क्रेडिट कार्ड, कनेक्ट आईपीएस, स्मार्टक्युआर टेलर (विनाचेक रकम झिक्न सकिने), इन्टरनेट बैंकिङ, परिष्कृतरूपको मोबाइल बैंकिङ तथा विनाइन्टरनेट चल्ने युएसएसडी मोबाइल बैंकिङका सेवाहरू समेत सञ्चालनमा रहेका छन् ।