काठमाडौं,नेपाल शैक्षिक परामर्श संघ (इक्यान) चुनावी माहौल सुरु भएको छ । यही असार ३० गते काठमाडौंमा हुने इक्यानको चुनावमा चार जनाले अध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेका छन ।अध्यक्षका चार जना प्रत्यासी मध्ये इक्यानका पुर्व अध्यक्ष समेत भईसकेका बिष्णुहरि पाण्डे समुहको आधारिकरुपमा प्यानल घोषणा भने आज बुधबार हुने भएको छ । पाण्डे समुहले आज साझँ ६ः३० बजे काठमाडौंको होटल म्यारिटमा आधिकारिक रुपमा प्यानल घोषणा गर्ने तयारी गरेको जानकारी दिएको छ । पाण्डे समुहका महासचिव पदका उम्मेदवार बाशुदेव दाहालका अनुसार यो प्यानलमा उपाध्यक्ष पदका लागि लक्ष्मण पौडेल एन्ड्रिउ), भुवन क्षेत्री र प्रकाश श्रेष्ठ, महासचिव पदका लागि बाशुदेव दाहाल, सचिव पदका लागि फिलिप कुमार डाँगी क्षेत्री र शिव प्रसाद त्रिपाठी, कोषाध्यक्ष पदका लागि बिनोद कुमार सुवेदीले उम्मेदवारी दिएका छन् । यसैगरी कार्य समिती सदस्यहरुमा भने सतेन्द्र झा, शशिप्रसाद भट्टराई, आशिष राममाझी, श्रीराम गिरी, सन्तकुमार कट्टेल, शिव प्रसाद अर्याल, साधना पुडासैनी, सुरज सिलवाल र मञ्जित ढकालले उम्मेदवारी दिएका छन् ।
इक्यानको बिधानमा नैं दुई कार्यकालसम्म अध्यक्ष बन्न पाउने व्यवस्था रहेको छ । बिधानमा उल्लेखित सोही व्यवस्था अनुसार मैले दोस्रो कार्यकालको लागि अध्यक्ष पदको लागि उम्मेदवारी दिएको हो, पाण्डे भन्छन । ‘मेरो उम्मेदवारी, मेरो जिम्मेवारी’, ‘भोट फर चेन्ज, भोट फर विष्णुहरी पाण्डे टिम, भोट फर प्रोफेस्नल’ भन्ने हाम्रो चुनावी नारा हो । चुनाव अघि पनि चुनाव पछि पनि यही चुनावी नारामा केन्द्रित रहेर हामी काम गछौं, अध्यक्षका प्रत्यासी पाण्डले भने । आफु समग्र शैक्षिक परार्मश क्षेत्रको लागि नयाँ उचाई र नयाँ गरिमा कायम गर्नको लागि चुनावी मैदानमा होमिएको भन्दै उनले ‘अर्को प्यानलले, उम्मेदवारी घोषणा गर्ला र हामी गरौंला भनेर नबस्ने बताए । ‘हामी एफेन्सिभ भएर अगाडि बढ्ने हो । डिफेन्सिभ हुन पाण्डेलाई आउँदैन । त्यही भएर घोषणा गरेरै जाने निर्णय गरेका हौं ।’ पाण्डेले भने ।
पाण्डे समुहबाट महासचिव पदका उम्मेदवार बाशुदेव दाहालले अवसरको सिर्जना गर्ने कार्य इक्यान कार्य समितीको रहेको भन्दै सिर्जित अवसरहरुको समानुपातिक वितरण नैं आफ्नो सबैभन्दा ठुलो मुद्धा रहेको बताए । यही मुद्रालाई जिवन्त बनाउँदै सवल इक्यान, सफल इक्यान बनाउनको लागि चुनावी मैदानमा होमिएको हुँ, उनले भने । यो अभियानमा पाण्डे समुहलाई सबै व्यवसायीहरुको साथ र सहयोग रहेको उनले बताए ।