काठमाडौं । स्रोत नखुलेको २० लाख रुपैयाँसहित बाँकेमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहस्थित शर्मा गल्लीबाट २० वर्षीय सोहेल कुरेशीलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका कुरेशी चढेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रस्तावित सीमा सुरक्षा गुल्म जमुनाहले बिहीबार सो रकमसहित उनलाई नियन्त्रणमा लिएको हो । मोटरसाइकलका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले कुरेशीलाई कारबाहीको लागि नेपालगञ्ज भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाइएको जानकारी दिए ।