काठमाडौं । सभापति शेरबहादुर देउवालाई सुझावसहितको प्रतिवेदन नेपाली कांग्रेस रूपान्तरण अभियानले बुझाउने भएको छ। केन्द्रीय कार्यालय सानेपामा मंगलबार केन्द्रीय समिति बैठक सुरू हुनुअगाडि रूपान्तरण अभियानले प्रतिवेदन बुझाउन लागेको हो।
मंगलबार केन्द्रीय समिति बैठक दिउँसो १ बजे बस्दैछ। त्यसअघि सुझावसहितको प्रतिवेदन रूपान्तरण अभियानले सभापति देउवालाई बुझाउने तयारी गरेको बताइएको छ ।
प्रतिवेदन बुझाउन एक सातादेखि ‘रूपान्तरण अभियानले सभापति देउवाको समय माग गरिरहेको थियो। यदि सभापति समयमै कार्यालय नआएमा मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति देउवालाई प्रतिवेदन बुझाइने शाहीको भनाइ छ। गत जेठ ११ गतेदेखि ३१ गतेसम्म कांग्रेस रूपान्तरण अभियानले सातै प्रदेश भेला गरेको थियो।