काठमाडौं । मल्टीपर्पस फाइनान्सको सेयर दाखिला तथा खारेज बन्द हुने भएको छ । कम्पनीको हकप्रद सेयरसम्बन्धी प्रयोजनको लागि यही साउन १२ गते एक दिनको लागि फाइनान्सको सेयर दाखिला तथा खारेज बन्द हुने भएको हो ।
फाइनान्सको यही साउन तीन गते मंगलबार बसेको सञ्चालक समितिको चार सय १७ औँ बैठकको निर्णयअनुसार संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ४५ करोड २० लाख रुपैंयाँ बराबरको साधारण सेयरको १ः०.३५ को अनुसार १५ करोड ८२ लाख रुपैंयाँ बराबरको हकप्रद सेयर जारी गर्नेछ । यसअन्तर्गत एक सय रुपैंयाँ अंकित मूल्य कायम रहने गरी १५ लाख ८२ हजार कित्ता हकप्रद सेयर निष्काशन हुनेछ । सोही प्रयोजनको लागि फाइनान्सको सेयर दाखिला तथा खारेज बन्द हुन लागेको हो ।