काठमाडौं । सिद्धार्थ बैंक ’उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२२’ अवार्डबाट सम्मानित भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले आर्थिक वर्ष २०२१/२२ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा बैंकिङ क्षेत्रको उत्कृष्ट वित्तीय प्रतिवेदन (गोल्ड अवार्ड) द्वारा सिद्धार्थ बैंक सम्मानित भएको हो ।
गत वर्ष पनि सिद्धार्थ बैंक आईक्यानको ’उत्कृष्ट वार्षिक वित्तीय प्रतिवेदन २०२१’ अवार्डबाट सम्मानित भएको बैंकको भनाइ छ । यसै सात काठमाडौंमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा प्रकाशशरण महतले सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेललाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् । यो अवार्डले बैंकलाई आगामी दिनमा अझ बढी परिस्कृत वित्तीय विवरण प्रकाशित गर्न हौसला मिलेको बैंकले जानकारी दिएको छ । बैंकले हाल सबै क्षेत्रमा गरी एक सय ९६ वटा शाखा (पाँचवटा एक्स्टेन्सन काउन्टरसहित), एक सय २३ शाखारहित बैंकिङ सेवा र दुई सय २० एटीएममार्फत् उच्चस्तरीय एवम् प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।