काठमाडौं । रोयल काठमाडौं हिमालय वेभरेज प्रालिले बिग मास्टर वाइनको ३७५ एमएलको मिनी बोटल बजारमा ल्याएको छ । एक दशकदेखि नेपाली वाइन इन्डस्ट्रिजमा स्थापित यस कम्पनीका बिग मास्टर ब्राण्डका विभिन्न भेराइटीहरू उपभोक्ताले अत्यधिक रुचाएको कम्पनीको दाबी छ ।
उपभोक्ताको स्वाद, सन्तुष्टि, माग र मनस्थितिलाई मध्यनजर गरी ३७५ एमएल मिनी बोटल बजारमा बिक्री वितरण सुरु गरेको कम्पनीले जनाएको छ । यस उत्पादनले उपभोक्तामाझ थप उत्साह प्रदान गर्ने कम्पनीका अध्यक्ष गणेशप्रसाद चापागाईंले बताए । हाल बिग मास्टर ब्राण्डका वाइनहरू ३७५ एम एल, ७५० एम एल र चार लिटरको प्याकमा बजारमा उपलब्ध रहेका छन् ।