काठमाडौं । अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन केन्द्रीय सदस्यहरुलाई अध्ययनका लागि प्रज्ञा प्रतिष्ठानमा सुरु भएको बैठकमा पेश गरिएको छ ।
आगामी मंसिरमा विधान सम्मेलन गर्ने र पार्टीलाई सुदृढिकरणका लागि तीन महिने अभियान चलाउने अध्यक्ष प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । माओवादीले ुजनतासँग पार्टी अभियानु अन्तर्गत भदौदेखि कात्तिकसम्म अभियान चलाउने भएको छ ।
५ वटा एजेण्डा बैठकमा छलफलका लागि प्रस्तुत गरिएको छ । जसमा राजनीतिक प्रतिवेदन, सांगठानिक प्रतिवेदन र विधान सम्मेलनसहितका एजेण्डा छन् । नेता लेखनाथ न्यौपानेले असहमति जनाउँदै अध्यक्ष प्रचण्डको प्रतिवेदन माथि बिहीबारको बैठकमा फरक मत राख्ने बताएका छन् ।