काठमाडौं । प्रतिकूल मौसमका कारण पोखरा, सुर्खेत र तुम्लिङटार विमानस्थलमा निर्धारित सबै उडान प्रभावित बनेको छ । आइतबारका लागि निर्धारित सबै उडान रद्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । काठमाडौं विमानस्थलमा अन्तर्राष्ट्रिय उडान नियमित जारी भइरहेको छ ।