काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई रामनगर सामुदायिक अस्पतालमा छुट सुविधा मिल्ने भएको छ । बैंकले आफ्ना भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नवलपरासीको भुमहीमा रहेको सो अस्पतालसँग व्यावसायिक सम्झौता गरेको हो ।
सम्झौतापश्चात् बैंकका कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकले रामनगर समुदायिक हस्पिटलको विभिन्न सेवामा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न देशभरका जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा अतिरिक्त पैसा नलाग्ने सुविधा पनि दिएको छ ।
त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङजस्ता सेवाहरू घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।