काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७९/८० मा चार करोड ४३ लाख १३ हजार चार सय ७४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने बैंकको यस्तो नाफा तीन करोड ठ९ लाख २९ हजार तीन सय ६० रुपैयाँले ऋणात्मक रहेको थियो ।
हाल चुक्ता पुँजी ५० करोड २८ लाख ३० हजार रुपैयाँ रहेको बैंकले आव २०७९/८० मा चार अर्ब ६० करोड ९२ लाख ८८ हजार ५० रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ३७ करोड पाँच लाख ३९ हजार तीन सय छ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा १६ करोड ४८ लाख ३५ हजार तीन सय ६४ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ९२ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । सो अवधिमा चार दशमलव ७६ प्रतिशत स्प्रेडदर रहेको बैंकको वितरणयोग्य नाफा भने चार करोड ९३ लाख १७ हजार छ सय २३ रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने बैंकले चार अर्ब ४८ करोड १४ लाख ६४ हजार छ सय ३१ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब २६ करोड १५ लाख तीन हजार ५३ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा नौ करोड तीन लाख ४६ हजार छ सय ६६ रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा तीन दशमलव ४० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ६५ प्रतिशत रहेको थियो ।