काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको खुद नाफामा कमी आएको छ । संस्थाले आव २०७९/८० सात करोड ९७ लाख ३७ हजार तीन सय ८५ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा १३ करोड ९६ लाख ३७ हजार चार सय चार रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ९१ करोड सात लाख ८२ हजार पाँच सय नौ रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा चार अर्ब ५४ करोड ८४ लाख छ हजार आठ सय ८५ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब चार करोड ५६ लाख ७८ हजार पाँच सय ३२ रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ५७ करोड ९० हजार दुई सय सात रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा छ दशमलव ७८ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा भने छ करोड ९० लाख ६६ हजार दुई सय २० रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने दुई दशमलव ३९ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले चार अर्ब २७ करोड ९८ लाख २९ हजार पाँच सय ४७ रुपैयाँ निक्षेप संकलन गरी १० अर्ब ८६ करोड आठ लाख ९८ हजार दुई सय ४९ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा ४६ करोड ७६ लाख सात हजार एक सय ५५ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा तीन दशमलव ४६ प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेडदर चार दशमलव ३२ प्रतिशत रहेको थियो ।