काठमाडौं,नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहाल सहित नेपाली कांग्रेसका पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्की भारत भ्रमण गएका छन् । शुक्रबार बिहान १०ः४१ मिनेटमा उनीहरु air india (AI 214)को जहाजमा काठमाडौंबाट दिल्ली प्रस्थान गरेका हुन । उनीहरु के कामले भम्रणमा गए भन्ने कुरा चाहि खुल्न सकेको छैन ।