काठमाडौं । नेपाल मुद्रण उद्योग महासंघ, बागमती प्रदेश समितिको अध्यक्षमा अजय बादे श्रेष्ठ निर्वाचित भएका छन् । ललितपुरको धोबीघाटस्थितको सिद्धार्थ कटेजमा भएको महासंघको दोस्रो साधारणसभा तथा अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
अधिवेशनले श्रेष्ठको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष अर्जुन कार्कीलगायत २१ जना पदाधिकारी तथा सदस्यहरू निर्वाचित गरेको छ । नवर्निवाचित अध्यक्ष श्रेष्ठले मुद्रण व्यवसायीका हक हितमा आफू तथा कार्यसमिति सदैव सर्मपित हुने प्रतिबद्धता जनाएका छन् । साधारणसभामा नेपाल मुद्रण उद्योग महासंघका निवर्तमान अध्यक्ष खोमाकान्त रेग्मी, पूर्वअध्यक्ष माधव केसी, पुष्कल गौतमलगायतले मुद्रण व्यवसायीले हाल भोगिरहेको समस्या समाधान गर्न देशभरका मुद्रण व्यवसायीहरू एकजुट हुनुपर्नेमा जोड दिए ।