अमेरिका, वैशाख १९
विद्युतीय कार निर्माता अमेरिकी कम्पनी टेस्लाका प्रमुख एलन मस्कले विश्व महामारी कोरोनाभाइरस संक्रमणको भयले अमेरिकामा लगाइएको लकडाउन तत्काल हटाउनुपर्ने बताएका छन् । लकडाउनले व्यवसायमा असर गरेकोले अब हटाउनुपर्ने उनले बताएका हुन् । टेस्लाले गत वर्षकमो तुलनामा त्रैमासिक आम्दानी ३० प्रतिशतले बढेर ५ अर्ब ९० करोड डलर पुगेको बताएको छ । सो क्रममा कम्पनीले सानो आकारको १ करोड ६० लाख डलर नाफा आर्जन गरेको छ । लगातार नाफा आर्जन भएको कम्पनीको यो तेस्रो त्रैमासिक हो । त्यसअघि कम्पनीले नोक्सानीमात्रै व्यहोर्दै आएको थियो ।
लकडाउनका कारण वस्तु डेलिभरीमा समस्या आएको कम्पनी प्रमुख मस्कले बताए । ‘साँच्चै भन्नुपर्दा मानिसहरुको संवैधानिक अधिकार कुण्ठित हुने गरी घरमै बस्न बाध्य पारिएको छ, हुन त मेरो यो व्यक्तिगत धारणा हो’, उनले भने, ‘लकडाउनले धेरै कम्पनीहरुलाई हानि गरेको छ ।’
आफूहरुले यसलाई सहन सके पनि साना कम्पनीहरुले यसलाई थेग्न नसक्ने उनले बताए । उनले फ्रिमन्ट (क्यालिफोर्निया)मा रहेको प्लान्ट खोल्न नपाएकामा उनले गुनासो गरे । जहाँ टेस्लाको मुख्या कार कारखाना छ । उनले अमेरिकालाई मुक्त गरे भन्दै सामाजिक सञ्जाल ट्विटरमा पनि लेखेका छसञ्जाल ट्विटरमा पनि लेखेका छन् । कम्पनीले यस वर्ष ५ लाख कार डेलिभरी गर्ने योजना बनाएको छ । तर आर्थिक क्रियाकलाप खुल्ला गर्ने विषय अमेरिकामा अझै पनि अन्योलग्रस्त छ ।