बिभिन्न मागहरु राखि चिकित्सा शिक्षा संघर्ष समितिले आइतबार माइतिघर मण्डालामा धर्ना कार्यक्रम सुरु गरेको छ । धर्ना कार्यक्रम समितीका संयोजक निर्मल सापकोटाको नेतृत्व सह संयोजक भुवन चक्र जोशी, र चिकित्सा पेसामा आवद्ध बिभिन्न व्यक्तिहरुको सहभागीतामा धर्ना कार्यक्रम सुरु भएको हो ।
संघर्ष समितिले निरंकुश, स्वेच्छाचारी चिकित्सा शिक्षा ऐन संसोधन गर्नुपर्ने ,२० सिटिइभीटीको तुरुन्त पुर्नसंरचना गर्नुपर्ने , प्रि डिप्लोमा तहका स्वास्थ्य कार्यक्रमलाई स्तरउन्नती गर्न बाँकी रहेका संस्थाहरुको स्तरउन्नती गरी तत्काल भर्ना खोल्नुपर्ने,आयोग र सिटीइभिटीको बदनियतले बन्द भएका नर्सिङ्ग कलेजहरुमा तत्काल भर्ना खोल्नुपर्ने, कलेज बन्द हुँदा रोजगारी खोसिएका पेशाकर्मी तथा कर्मचारीहरुको रोजगारीको निश्चित गर्नुपर्ने,छात्रवृत्तिमा विभेद अन्त्यगरी समानताका आधारमा छात्रवृत्तिको अवसर पाउने निश्चित गर्नुपर्ने,पारामेडिकल अन्तर्गतका नर्सिङ लगायतका विषयहरू चिकित्सा शिक्षाबाट अलग गर्नुपर्ने,खुला बजार अर्थनिति अनुसार शुल्क निर्धारण हुने व्यवस्था गर्नुपर्ने,हरेक तहका लागी छुट्टाछुट्टै अस्पताल चाहिने अव्यवहारिक कार्यविधी खारेज गर्नुपर्ने ।
विश्वविद्यालय, प्रतिष्ठानहरु, विषयगत काउन्सिलहरु र सिटीभिटीको स्वायत्ततामाथि हस्तक्षेप तत्काल बन्द गर्नुपर्ने,डब्लुएचवोको मापदण्ड अनुसारका सवै विधा समेटि दरवन्दि कायम गरि तुरुन्त पदपूर्ति गर्नुपर्ने, स्वास्थ्य कर्मि तथा स्वास्थ्य संस्थाहरुको सुरक्षा, सुरक्षित काम गर्ने बातावरण, वृत्ति विकास तथा उच्च शिक्षा अध्ययन को अवसरको निश्चित गर्नुपर्ने , देशमा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा भएको लगानिको सुरक्षाको निश्चित गर्नुपर्ने, नेपाललाई मेडिकल, नर्सिङ्ग तथा पारामेडिकल शिक्षाको गन्तव्य बनाउने निति अख्तियार गर्दै शिक्षण संस्थाहरुमा कोटा पद्धती खारेज गर्नुपर्ने लगाएतको मागहरु राखि धर्ना कार्यक्रम सुरु गरेका छन् । सरकारलाई खबरदारी गर्दै बिभिन्न नाराहरु सहित प्लेकार्डहरु बोकी दबाब दिएका थिए ।