काठमाडौँ । नेपालमा जीडब्लुएम सवारीको आधिकारिक वितरक भीजी इम्पेक्स प्रालिले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को बिक्री वितरण सुरु गरेको छ ।
जीडब्लुएमले ओरा ०३ को लागि गत जेठ ३ गते बुकिङ खुला गरेको थियो । बुकिङ घोषणा गरेदेखि नै रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार यसको प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एड्जस्टेबल ड्राइभर सिट, डुअल १७ दशमलव २५ इन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधासहितको यसको टाइमलेस एक्सटेरियर र आकर्षक इन्टेरियरलाई ग्राहकले मन पराइरहेका छन् । ओरा ०३ मा ४८ किलोहर्जको ब्याट्रीको साथ चार सय केएमएसको प्रभावशाली ड्राइभिङ रेन्ज रहेको छ । सुरक्षाको हिसाबले ओरा ०३ देशका थोरै विद्युतीय सवारीमध्ये एक हो, जसले एनक्याप र युरोनक्याप दुवैमा फाइभ–स्टार प्राप्त गरेको छ ।
ओरा ०३ मा सिक्स ओमनिडायरेक्सनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम आदिजस्ता सुरक्षा सुविधाहरू छन् ।