काठमाडौं । सेयर बजार परिसुचक (नेप्से) झिनो अंकले उकालो लागेको छ । अघिल्लो दिन २९ दशमलव ८१ अंकले ओरालो लागेको बजार परिसुचक साताको दोस्रो दिन आज सोमबार सात दशमलव शुन्य चार अंकले उकालो लागेर एक हजार नौं सय ६७ दशमलव ८३ बिन्दुमा चढेको छ । क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य नौं अंकले उकालो लागेर तीन सय ७७ दशमलव ७१ बिन्दुमा उक्लिएको छ ।
धितोपत्र बजारमा आज दुई सय ७० वटा कम्पनीहरुको सेयर खरिद बिक्री भएका छन् । जसबाट ३२ हजार पाँच सय ३३ पटकको कारोबारमा ३४ लाख ३२ हजार दुई सय ६७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब नौं करोड ९१ लाख ३९ हजार छ सय ९७ रुपैंयाँ पुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा १३ वटा उपसमुहहरुको सेयर कारोबार भएका छन् । जसमध्ये फाईनान्स समुहको सुचक झिनो अंकले ओरालो लागेको छ भने बाँँकी रहेका बाणिज्य बैंक, बिकास बैंक, जलबिद्युत, जीवन बीमा, निर्जीवन बीमा लगायतका १२ वटा उपसमुहहरुको सुचक ओरालो लागेका छन ।