काठमाडौं । जाल्पा लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा ११ करोड २४ लाख ५२ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । अघिल्लो आवमा भने संस्थाले पाँच करोड ६१ लाख दुई हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
हाल चुक्ता पुँजी १८ करोड २८ लाख रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा दुई अर्ब ६६ करोड ११ लाख १० हजार रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब २४ करोड २७ लाख ४६ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ३१ करोड १७ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम २१ करोड १७ लाख ४० हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुपात आठ दशमलव ३९ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले दुई अर्ब ५५ करोड ८२ लाख ६० हजार रुपैयाँ निक्षेप संकलन गरी पाँच अर्ब तीन करोड नौ लाख ११ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । सो अवधिमा ३५ करोड ३९ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थाको प्रोभिजन रकम सात करोड ७१ लाख तीन हजार रुपैयाँ रहेको थियो भने निष्क्रिय कर्जाको अनुपात दुई दशमलव ७४ प्रतिशत रहेको थियो ।