काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० मा पाँच करोड ६७ लाख ५९ हजार चार सय ९३ रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवमा भने संस्थाको यस्तो नाफा छ करोड ४४ लाख ४२ हजार नौ सय २७रुपैयाँ रहेको थियो ।
हाल चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ हजार पाँच सय ८५ रुपैयाँ रहेको संस्थाले आव २०७९/८० मा एक अर्ब ६० करोड १८ लाख एक हजार तीन सय १२ रुपैयाँ निक्षेप संकलन गरी तीन अर्ब ९२ करोड ९२ लाख ५५ हजार सात सय ३८ रुपैयाँ रहेको छ । सो अवधिमा २६ करोड २३ लाख ४३ हजार नौ सय ८७रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा चार दशमलव ६३ प्रतिशत कर्जा निष्क्रिय रहेको छ । वितरणयोग्य नाफा नौ करोड ४४ लाख ७४ हजार दुई सय ७० रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने पाँच दशमलव २९ प्रतिशत रहेको छ ।
अघिल्लो आवमा भने संस्थाले एक अर्ब ६४ करोड पाँच लाख ८४ हजार तीन सय ६८ रुपैयाँ निक्षेप संकलन गरी चार अर्ब ४५ करोड ८७ लाख ३६ हजार नौ सय ५१ रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा २९ करोड ६० लाख ८२ हजार नौ सय ५८ रुपैयाँ खुद ब्याज आम्दानी गरेको संस्थामा एक दशमलव ५० प्रतिशत कर्जा निष्क्रिय रहेको थियो । वितरणयोग्य नाफा १० करोड ७५ लाख २१ हजार चार रुपैयाँ रहेको संस्थाको स्प्रेडदर भने चार दशमलव शून्य दुई प्रतिशत रहेको थियो ।