काठमाडौं । रामेछापमा बा ३ ख ५९६० नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । सुनपाती गाउँपालिका–३ रजमनटारबाट काठमाडौंतर्फ गइरहेको बस आफैं अनियन्त्रित भई सडकमै पल्टिन पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ।
बसमा रहेका ७० जना यात्रु मध्ये ७ जना घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख डिएसपी होम पराजुलीले घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको बताए।
दुर्घटनामा परेर सुनापती– ३ का ६० वर्षीय मिन बहादुर थापामगर, सुनापटी–५ का चार वर्षीय बालक विस्वास बिसंखे, गाउँपालिका–२ बस्ने वर्ष ६५ कि साइँली तामाङ, रामेछाप सुनपाती गाउँपालिका–२ बस्ने ५० वर्षीया मैच्याङ तामाङ, सुनपाती गाउँपालिका–४ का ६२ वर्षका धनबहादुर तामाङ, सोही गाउँपालिका–३ का ७० वर्षकी शुक्रमाया विश्वकर्मा घाइते भएकी छन्।