काठमाडौं । बालुवाटार निवासबाट सुरु भएको संविधानसभा अध्यक्ष सुवास नेम्वाङको शवयात्रा पशुपति आर्यघाट पुगेको छ । नेम्वाङको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदै छ । उनको पार्थिव शरीरलाई फूलमालाले सजाइएको चितामा राखिएको छ ।
उनका आफन्त परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि अध्यक्ष केपी ओलीले पार्टीको झण्डा ओढाएका छन् भने प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए ।
नेम्वाङको शव यात्रामा अन्य शुभेच्छुक तथा सर्वसाधारण पनि सहभागी भएका थिए । नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति रहेको छ । नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ ।