क्यानडाको तेस्रो ठूलो बैंक ‘बैंक अफ मोन्ट्रियल’ले खुद्रा अटो फाइनान्स व्यवसाय बन्द गर्ने भएको छ । बैंकले अटो फाइनान्स व्यवसाय बन्द गर्दा क्यानडामा ठूलो संख्यामा रोजगारी गुम्ने बताइएको छ ।बैंकले अटो फाइनान्सको खुद्रा व्यापारले खराब कर्जा बढाएपछि यस्तो कदम चालिएकोे बताएको छ । बैंकले गत जुलाईमा ८१ मिलियन क्यानेडियन डलर (६० मिलियन अमेरिकी डलर) बराबरको खराव ऋण पुगेको उल्लेख गरेको छ । जब एक वर्षपहिलो बैंकको खराब ऋण नौ मिलियन क्यानेडियन डलरको रिकभरीको तुलनामा बढेर आएको हो । अर्थतन्त्रमा देखिएको दबाबको संकेतले उपभोक्ताहरुले उधारो लागतमा तीव्र वृद्धिको सामना गरिरहेका छन् ।
बैंकले जारी गरेको विज्ञप्तिमा अप्रत्यक्ष खुद्रा अटो फाइनान्स व्यवसायलाई बन्द गरेपनि आफूसँग विश्वास गर्न सकिने क्षेत्रहरुमा स्रोत केन्द्रित गर्ने क्षमता रहेको जनाएको छ ।बैंकले डिलर सम्झौताको समाप्ति सेप्टेम्बर १५ देखि लागू हुने जनाएको छ । तर, बैंकले तोकिएको मितिभन्दा पहिले पेस गरिएका र स्वीकृत भएका सबै सम्झौताहरुमा फाइनान्स सुविधा दिने जनाएको छ ।बैंकले तेस्रो त्रैमाससम्म खुद्रा अटो व्ययवासयमा प्रवाह गरेको ऋण अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४ प्रतिशत बढेर १७ दशमलव ३६ बिलियन क्यानेडियन डलर पुगेको जनाएको छ । जुन बैंकको समग्र ऋण प्रवाशको दुई दशमलव सात प्रतिशत हो ।