काठमाडौं (आर्थिक) । राष्ट्रिय वाणिज्य बैंकले विद्युतीय सवारी कर्जा, आरबीबीएल ईभी लोन फेस्टिबल नामक कर्जा योजना सुरु गरेको छ । बैंकका अनुसार ‘यो वर्षको फेस्टिभ लोन, आरबीबीको ईभी लोन’ भन्ने नारासहित उक्त कर्जा योजना सुरु गरेको जानकारी दिएको छ ।
यही भदौ २६ गतेबाट सुरु भएको यो कर्जा योजनामा सबैभन्दा न्यून अर्थात् नौ दशमलव ९५ प्रतिशत ब्याज, प्रशोधन शुल्क शून्य दशमलव २५ प्रतिशत, अग्रिम भुक्तानी लागत मूल्यको २० प्रतिशत, अधिकतम कर्जा सीमा एक करोडलगायतका सुविधा रहेका छन् ।
सीमित अवधिको लागि मात्र लागू हुने यो कर्जा योजनामा बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधिभित्र कर्जा लिइसक्नुपर्ने जानकारी दिएको छ ।