काठमाडौँ । एसियन पेन्ट्स नेपालले काठमाडौंमा रहेको अपूर्व इन्टरनेसनल प्रालिमा आफ्नो मल्टी क्याटागोरी डेकोर सोरुम ‘ब्युटिफुल होम्स बुटिक’ सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार ‘एसियन पेन्ट्सको ब्युटिफुल होम्स बुटिक’ ग्राहकलाई अत्याधुनिक प्राविधिक एकीकरणका साथ उत्कृष्ट किनमेलको अनुभव प्रदान गर्न तयार रहेको छ । जुन प्रविधिले ग्राहकलाई उनीहरूको सपनाको घर निर्माण गर्न डिजाइन, परामर्श र कार्यान्वयनका बारेमा विस्तृत अनुभव प्रदान गर्ने बताइएको छ ।
यो स्टोरको उद्घाटन एसियन पेन्ट्सका प्रबन्ध निर्देशक तथा सीईओ अमित सिंगलले गरेका थिए । १६ सय वर्गफिटमा फैलिएको यो स्टोर नेपाली ग्राहकका लागि आवश्यक पर्ने सम्पूर्ण डेकोरहरू एकै ठाउँमा उपलब्ध भएको सोरुम हो । यो सोरुममा फेब्रिक्स र वाल पेपरहरूदेखि सर्वश्रेष्ठ इन्जिनियरिङका बाथरुम फिटिङहरू र स्यानिटरी सामग्रीहरू, नवीनतम पेन्ट र वाटरप्रुफिङ उत्पादनहरू एवम् अग्रगामी प्रविधिको व्यवस्थापन रहेको छ ।