काठमाडौं । शिवश्री हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको छ । कम्पनीले चुक्ता पुँजी वृद्धिको लागि हकप्रद सेयर निष्काशन गर्ने तयारी गरेको हो ।
कम्पनीले यही असोज २५ गते काठमाडौंको बशुन्धारास्थित यति इभेन्ट्स एण्ड कन्फरेन्स सेन्टरमा वार्षिक साधारणसभा गरी हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
सभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको एक बराबर एक अर्थात् १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि कम्पनीको यही असोज १७ गते एक दिनको लागि सेयरधनी दर्ता किताब बन्द हुनेछ ।