काठमाडौं । माइतीघर मण्डलमा पोखराको मणिपाल शिक्षण अस्पतालका चिकित्सकमाथि कुटपिट भएको विरोधमा काठमाडौंमा चिकित्सकहरुले प्रदर्शन गरेका छन् ।
आक्रमणकारीहरुलाई कडा कारबाही गर्ने कानुन बनाउन चिकित्सकहरुले माग गरेका छन् । ठूलो संख्यामा भेला भएका सेतो कोट लगाएर प्रदर्शनमा उत्रिएका चिकित्सकहरुले आफूहरुको भौतिक सुरक्षाको माग पनि गरेका छन् ।
चिकित्सकको प्रदर्शनका क्रममा प्रहरीसँग धकेलाधकेल भएको थियो । उनीहरुले स्वास्थ्यकर्मीमाथिको हिंसा बन्द गर, अस्पताल नआऊ, डाक्टर बिरामी दुबैको ज्यान बचाऊ, डाक्टर कुट्न पाइँदैन, कुटाइ खाने कहिलेसम्म ? लेखेको प्लेकार्ड बोकेका थिए ।