काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा)को सातौँ अधिवेशनमा भाग लिन अमेरिका प्रस्थान गरेका छन् ।

गए राति २ः१५ बजे कतार एयरबाट उनी अमेरिका प्रस्थान गरेको स्रोतले जानकारी दिएको छ । अध्यक्ष यादव उक्त कार्यक्रम सकेर यही असोज २३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ ।