सानो पाइला बचत ऋण सहकारी संस्था लिमिटेड वीरगंजका पदाधिकारीसहति १३ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बचतकर्ताको अबौँ रुपैयाँ हिनिामिना गरेको आरोपमा उनीहरु बिरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारि गर्रीएको हो ।
सहकारीका संस्थापक गितेन्द्र बाबु राई(जीबी राई) वर्तमान अध्यक्ष अनन्त बाबु राई,उपाध्यक्ष सुनीत श्रेष्ठ,पूर्व उपाध्यक्ष नेहा पौडेल,सचिव देवेन्द्र बाबु राई,पूर्व सचिव तस्विरन मियाँ कोषध्यक्ष कुमार सम्तेल,पूर्व कोषध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर सदस्यहरु थान बहादुर बुढा मगर,धिरज कुमार दास,पूर्व सदस्य अशोक यादव,प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधे चन्द्र यादव विरुद्ध पक्राय पुर्जी जारी गरेको छ ।
प्रहरीका अनुसार हालसम्म कोषध्यक्ष कुमार रम्तेल र कर्जा अधिकृत राधे चन्द्र यादव पक्राउ परेका छन् । बाकी अरु फरार रहेको बुझिएको छ ।यस बिषयमा अनुसन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ ।